यी हुन प्रधानमन्त्रीको राजीनामा माग्ने नेकपाका ३१ स्थायी कमिटी सदस्य

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका ३१ स्थायी कमिटी सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । दुबै पदबाट राजीनामा दिनुपर्ने उनीहरुको माग छ ।

नेकपा स्थायी कमिटीको मंगलबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमसहित १७ नेताले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए ।

अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाड्न आग्रह गरेका थिए ।

ओलीले बुधबार विहान आफू निकटका साथै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिएका केही स्थायी कमिटी सदस्यहरुलाई बालुवाटारमा बोलाएर आफूमाथि सबैतिरबाट आक्रमण भएको भन्दै सहयोगका लागि आग्रह गरे ।

साँझ ललितपुरको झम्सीखेलस्थित एक रेष्टुरेन्टमा भएको भेलामा सचिवलायका सदस्य समेत गरी ३० जना स्थायी कमिटी सदस्य उपस्थिति थिए ।

स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले अर्को कार्यक्रममा जानु परेकाले आउन नसकेको भन्दै बैठकको निर्णयमा सहमति जनाएको स्रोतले बतायो ।

यी हुन झम्सिखेल बैठकमा सहभागी ३० नेता

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, लीलामणि पोखरेल, रघुजी पन्त, देवेन्द्र पौडेल, मणि थापा, गणेश साह, चक्रपाणि खनाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, मात्रिका यादव, मुकुन्द न्यौपाने, देव गुरुङ, वर्षमान पुन, भीम रावल, शक्ति बस्नेत, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, भीम आचार्य, वेदुराम भुसाल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, गिरिराजमणि पोखरेल र घनश्याम भुसाल ।

१७ असार २०७७, बुधवार १६:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु